समाचार

सिडेन लुम्बिनी प्रदेश सदस्यमा विजयीलाई सम्मान



दाङ, १८ भदौ । नेपाली कांग्रेस निकट सेण्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को निर्वाचनबाट लुम्बिनी प्रदेश सदस्यमा विजयीलाई घोराहीमा सम्मान गरिएको छ।

नेपाल विद्यार्थी संघ, राप्ती इन्जिनियरिङ कलेज इकाई समितिले बुधवार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी सिडेनमा विजयी भएका नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका पूर्व सभापति समेत रहेका इन्जिनियर चुडामणि डाँगीसहित इन्जिनियर नेत्र बुढाथोकी र इन्जिनियर विजय डाँगीलाई स्वागत तथा सम्मान गरेको हो।

नेपाल विद्यार्थी संघ, राप्ती इन्जिनियरिङ कलेजका सभापति अमृत रावतको सभापतित्वमा तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी र नेपाल इन्जिनियरिङ एसोसिएशन लुम्बिनी प्रदेशका सहसचिव इन्जिनियर संकल्प बुढाथोकी विशिष्ट अतिथि रहेका थिए।

सम्मान कार्यक्रममा नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोखरेल, नेपाल इन्जिनियरिङ एसोसिएशन लुम्बिनी प्रदेश सदस्यद्वय इन्जिनियर दैवज्ञराज जोशी (डिके) र सुचित विष्ट, नेविसंघ घोराही संयोजक एवं नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका निवर्तमान सभापति विजय बिष्ट, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति दिपेश डाँगी, निवर्तमान स्ववियु सभापति मनोज डाँगी, अंबिकेश्वरी क्याम्पसका निवर्तमान स्ववियु सभापति रनबहादुर खड्का, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सदस्य इमन घिमिरे, नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका निवर्तमान उपसभापति मामिक श्रेष्ठलगायत विभिन्न पदमा कार्यरत इन्जिनियरज्यूहरू र नेविसंघका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो।

नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका इकाई सदस्य हेमन्त बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्देश आचार्यले गरेका थिए।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार, ,