रुकुमपूर्व । रुकुमपूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएकोसँगै कृषि र पशुपालन क्षेत्रमा थप प्रगति गर्न एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयद्वारा तथ्याङ्क व्यवस्थापनसम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरिएको छ । शुक्रबार सदरमुकामस्थित होटल विएलबिमा सम्पन्न गोष्ठीमा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका कृषि प्राविधिकहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा पशुपालन र कृषि क्षेत्रका तथ्याङ्क संकलन, अभिलेखन र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । कार्यालय प्रमुख डिल्लीराज पौडेलका अनुसार पकेट क्षेत्र घोषणा भइसकेकाले तथ्याङ्क व्यवस्थापन र योजनाले उत्पादन वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ ।
प्रमुख पौडेलका भनाइअनुसार विभिन्न निकायले आ–आफ्नो तथ्याङ्क राख्दा फरक–फरक नतिजा आउने समस्या समाधान गर्नका लागि गोष्ठी आयोजना गरिएको हो । सरोकारवालाहरूले तथ्याङ्क प्रणालीलाई आधुनिक प्रविधि र डिजिटल माध्यममार्फत थप पारदर्शी र प्रभावकारी बनाउन सुझाव दिएका छन् ।








प्रतिक्रिया