भिडियाे

सम्बन्धका धागाहरू बोलेको ‘जनै हराएको मान्छे’को पहिलो गीत सार्वजनिक



काठमाडौं, साउन —
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बाट पहिलो गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ। अञ्जु पन्त र एसडी योगीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र योगीकै संगीत छ।

भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगरलगायत कलाकार देखिएका छन्। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतमा प्रेम, अपेक्षा र आत्मिक सम्बन्धको गहिरो चित्रण गरिएको छ।

गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको भावना व्यक्त गरेकी छन्, र प्रेमीलाई सँगै जिन्दगी बाँड्ने सन्देश दिइएको छ। विजय बरालको नृत्यमा देखिएको प्रयास उल्लेखनीय छ।

फिल्म हिमाल न्यौपानेको निर्देशनमा तयार भएको हो। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। कमल र विमल न्यौपाने निर्मातामा छन् भने वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।

‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालको प्रमुख भूमिकामा पुनरागमन भएको यो चलचित्रलाई बहुप्रतिक्षित नेपाली फिल्मका रूपमा हेरिएको छ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार, ,