समाचार

पुथा उत्तरगङ्गा भ्रष्टाचार प्रकरण: ८ जनाविरुद्ध मुद्दा दायर



रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कागती पकेट विकास कार्यक्रम तथा कृषि फर्म निर्माणमा फिल्डमा नभएको कामसमेत बढी मूल्यांकन गरी रकम भुक्तानी लिएको आरोप छ । यसक्रममा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउँदै करिब ९ लाख ६७ हजार ३७८ रुपैयाँ र ११ लाख ६९ हजार ७६० रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

आरोपितहरूमा तत्कालीन वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियर, योजना प्रमुख, कृषि प्राविधिक, सहलेखापाल तथा सम्बन्धित कृषक समूहका अध्यक्षसमेत रहेका छन् । सबैविरुद्ध बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार, ,