कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका परिचन्द्र खत्रीलाई रुकुमकोट जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
साढे ९ महिनापछि अदालतमा उपस्थित भएका खत्रीमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट पर्याप्त प्रमाण देखिएको ठहर गर्दै अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
खत्री आज स्वयं अदालतमा उपस्थित भएका थिए । सुनुवाइका क्रममा पीडित पक्षले अदालत परिसर अगाडि पर्चा–पम्पलेटसहित नारा जुलुस गर्दै न्यायको माग गरेका थिए ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान तथा अदालती प्रक्रिया जारी रहने जनाइएको छ ।।















प्रतिक्रिया