दुर्घटना

चुनवाङमा ट्रयाक्टर दुर्घटना, चालक सकुशल



रूकुम (पूर्व) । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार आज करिब दिउँसो २ :०० बजेको समयमा भूमे गाउँपालिका–९, भेरीडाँडा (चुनवाङ) मा ट्रयाक्टर दुर्घटना भएको छ ।

रा १ त ४७१८ नम्बरको ट्रयाक्टरमा ट्रली जोड्ने क्रममा ब्रेकले काम नगर्दा ट्रयाक्टरको इन्जिन भाग सडकबाट करिब ६० मिटर तल खसेको हो । ट्रयाक्टर घटनास्थलमै रहेको छ ।

दु*र्घटनामा चालक सल्याण, शारदा नगरपालिका–१४ निवासी ३१ वर्षीय अर्जुन भण्डारी सकुशल रहेका छन् । चालकसँग सवारी चालक अनुमति पत्र रहेको जनाइएको छ ।

प्रकाशित : ३ पुस २०८२, बिहिबार, ,