रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका – ८ धपेस्थित सानी भेरी नदीमा माछा मार्ने क्रममा एक युवकको डुबेर मृ*त्यु भएको छ ।
ज्यान गुमाउने युवक सिस्ने गाउँपालिका – ८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । उनी नदीमा राखिएको माछा मा*र्ने पासो निकाल्ने क्रममा सन्तुलन गुमाएर चिप्लिएर बगेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकका अनुसार नाथको शव सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिमतर्फ ढुङ्गाको कोचमा अड्किएको अवस्थामा फेला परेको थियो । घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले शव नदीबाट बाहिर निकालेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पासो तान्ने क्रममा नदीमा चिप्लिएर बग्दा युवकको मृ*त्यु भएको हुन सक्ने देखिएको छ । घट*नासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया