रुकुम पूर्व । नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष बालाराम शेर्पालीले ‘हिमाली जिल्ला’ भन्दै दुर्गममा बसेका पत्रकारलाई सूचना नदिने र हेप्ने सरकारी प्रवृत्तिविरुद्ध उभिने बताएका छन् ।
शेर्पालीले काठमाडौंमा सञ्चार मन्त्रीसँग भेट गरी जिल्लाका सरकारी कार्यालयहरूको अटेरी व्यवहार र पत्रकारहरूको पेशागत चुनौतीबारे जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, “जिल्लाका सरकारी कार्यालयहरूले सूचना प्रवाहमा देखाउने ‘अटेरीपन’ र दुर्गममा बसेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरूका चुनौतीका बारेमा मन्त्रीलाई विस्तृत जानकारी गराएको छु ।”
उक्त भेटमा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र युवा नेता चन्द्र रसाइली पनि सहभागी थिए । मन्त्रीले पत्रकारहरूको भौतिक सुरक्षा र सूचनामा सहज पहुँच सुनिश्चित गर्न जिल्ला प्रशासनसँग समन्वय गरी केन्द्रबाट ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन ।।








प्रतिक्रिया