समाचार

जेन-जीको सुशीला कार्कीलाई अगी सार्ने तयारी



काठमाडौं । २४ घण्टामै सत्ता परिवर्तन गराएका जेन-जी (युवा पुस्ता) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । डिजिटल माध्यमबाट निरन्तर छलफल भइरहेको छ । अन्तरिम प्रधानमन्त्रीको नाममा बहस जारी छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्ने तयारी भइरहेको छ। तर, अन्तिम निर्णय नहुँदा सरकार गठन रोकिएको छ । जेन-जीले अनुभवको अभाव स्विकार गरेका छन् ।

वार्ताका लागि परिपक्व प्रतिनिधि आवश्यक रहेको बताएका छन् । यसका लागि कार्कीलाई अघि सार्ने योजना बनाएका छन् ।
हाल उनीहरूले सुशीला कार्कीको प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित : २५ भाद्र २०८२, बुधबार, ,