रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा यस वर्ष पनि आत्महत्या विश्व रोकथाम दिवस भाद्र २५ गते अर्थात् सेप्टेम्बर १० मा मनाइने भएको छ ।
पालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा भाद्र २३ गते बसेको बैठकको निर्णयअनुसार “आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ” भन्ने अन्तर्राष्ट्रिय नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।
आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गइरहेको र यसको समाधानका लागि सबै सम्बन्धित निकायहरूले विशेष ध्यान दिनु आवश्यक भएकाले विभिन्न संघसंस्थाहरूको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको सिस्ने गाउँपालिकाका शिक्षा अधिकृत मंगलसिंह बुढाले जानकारी दिए ।
उनका अनुसार UMN, नेपाल जनजागरण मञ्च, नेपाल महिला सामुदायिक सेवा केन्द्र, मिक नेपाल, तरंगिणी फाउन्डेशन (HDC) तथा सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा भाद्र २५ गते बिहान ११ बजे सिस्ने गाउँपालिकाको पुरानो सभाहलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने तय गरिएको छ ।








प्रतिक्रिया