रुकुमपूर्व । पछिल्ला दिनमा रुकुमपूर्वमा विषादी सेवन गर्ने घटनामा वृद्धि भएको छ । यसै क्रममा भूमे गाउँपालिका–५ डालिवाङका २३ वर्षीया जेनिषा सुनारले बिहीबार दिउँसो करिब २ :०० बजेको समयमा उँपिया मार्ने नुवान नामक झोल विषादी सेवन गरेका छन् ।
घटनापछि उनलाई बिहीबार साँझ करिब ८ :०० बजेको समयमा जिल्ला अस्पताल रुकुमपूर्व रुकुमकोट ल्याइएको थियो । अस्पतालका अनुसार उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको छ ।
केही दिन अघि मात्रै अर्का एक जनाले पनि विषादी सेवन गरेको घटना सार्वजनिक भएको थियो । जसका कारण जिल्ला भित्र यस्ता घटनामा चासो बढ्दै गएको छ।








प्रतिक्रिया