रुकुम पूर्व,— नेपाल जनजागरण मञ्चको आयोजना तथा नेपाल पत्रकार महासंघ रुकुम पूर्वको समन्वयमा सञ्चारकर्मी र प्रहरीबीच मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सोमबार सिस्ने गाउँपालिका–५ स्थित रेडियो पूर्वी रुकुमको कार्यालयमा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्य सुदृढीकरण, तनाव व्यवस्थापन, र संवेदनशीलता अभिवृद्धि सम्बन्धी विषयमा गहन छलफल भएको थियो।
कार्यक्रममा मनोविद् रुकुम टमटाले प्रारम्भिक लक्षण पहिचान, आत्महेरचाह र आवश्यक परेमा परामर्श लिने उपायबारे जानकारी दिनुभयो।
जिल्ला प्रहरी निरीक्षक मोहनकुमार खड्का र पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष बशन्त बाँठा मगरले संवेदनशील पेशामा संलग्न व्यक्तिहरूका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपाल जनजागरण मञ्चले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








प्रतिक्रिया