दाङ — “सक्रियता हुँदा पनि अवसर खोसिन्छ भने हामी कहाँ उभिने?” एरिया २ अन्तर्गतका लियोहरूको यो प्रश्न पछिल्लो लियो जिल्ला परिषद्को टोली चयनपछि गम्भीर रूपमा उठेको छ।
लियो जिल्ला परिषद्ले सार्वजनिक गरेको PVST टिम र बोर्ड अफ डाइरेक्टर सूचीमा एरिया २ का क्लबहरूको उपस्थिति प्राय: शून्यजस्तै छ। प्रतिनिधित्वको नाममा गरिने भाषण र व्यवहारबीचको विरोधाभासप्रति उनीहरू आक्रोशित छन्।
दाङ, सुरखेत र काठमाडौं क्षेत्रका लियो क्लबहरू लामो समयदेखि सक्रिय रूपमा सहभागी हुँदै आएका थिए। तर अहिले ती क्षेत्रका क्लबहरू सूचीमा नदेखिँदा आन्तरिक विभाजन झनै चर्किएको छ। “क्लब संख्या घटेको भन्दै बेवास्ता गरिएको हो भने त्यो त नेतृत्वको असफलता होइन र?” एक सदस्यले कटाक्ष गरे।
असन्तुष्टि हालको नेतृत्वमा मात्र सीमित छैन। लियोहरूले विगतका अध्यक्षहरूलाई पनि प्रश्न उठाएका छन्—”पदीय उत्तरदायित्व भनेको सबैलाई सुन्नु र समावेश गर्नु हो, पक्षपात होइन।”
अब एरिया २ का लियोहरूले आगामी रणनीति तय गर्न थालेका छन्। यदि तत्काल समावेशीताको संकेत नआए, उनीहरूले आवाज उठाउने मात्र होइन, संरचनागत मूल्यांकनको माग गर्ने चेतावनी दिएका छन्।
सम्मान अवसरको नारा दिएको संस्था भित्रै असमानता देखिँदा लियो अभियानको नैतिकता र उद्देश्यमाथि प्रश्न उठ्न थालेको छ।














प्रतिक्रिया