समाचार

देशभरि भारी वर्षा : सबैभन्दा बढी रुकुमकोटमा



रुकुमकोट,– असारको अन्त्यतिर आइपुग्दा देशभर फेरि मौसम बद्लिएको छ। अहिले देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा चार जिल्लामा उल्लेख्य पानी परेको छ। तीमध्ये सबैभन्दा धेरै वर्षा रुकुमको रुकुमकोटमा मापन गरिएको छ, जहाँ २० दशमलव २ मिलिमिटर वर्षा भएको हो।

त्यसपछि कास्कीमा १४.६ मिलिमिटर, सिन्धुपाल्चोकको मानिर्खकमा ११ मिलिमिटर, जिरीमा ८.२ मिलिमिटर र जुम्लामा ६.२ मिलिमिटर पानी परेको जानकारी महाशाखाले दिएको छ।

उता काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ। दिउँसो गर्मी निकै बढेको उपत्यकामा साँझपख परेको पानीले केही सहजता ल्याएको छ।

मौसमविद् दाहालका अनुसार अझै केही दिन यस्तै किसिमको वर्षा देशभर भइरहने सम्भावना रहेको छ।

प्रकाशित : २९ असार २०८२, आइतबार, ,