केही दिनदेखि सञ्चारविहीन अवस्थामा पुगेको रुकुम पूर्वमा नेपाल टेलिकमको सेवा अब अवरुद्ध नहुने अपेक्षा गरिएको छ। सेवा नियमित हुन थालेपछि स्थानीयवासीले सहज रूपमा सञ्चार सुविधा उपयोग गर्न पाएने भएका छन्।
यसमा पुथाउत्तरगंगा गाउँपालिकाले सहकार्य गरिदिए अझै नेपाल टेलिकमको सञ्चार सेवा प्रभावकारी हुने अपेक्षा गरिएको नेपाल टेलिकम रुकुम पूर्वका प्रविधिक प्रमुख शिखर ओलीले बताउनुभयो ।
नेपाल टेलिकम रुकुम पूर्वका प्राविधिक प्रमुख ओलीका अनुसार, पहिले सेपे धुरीमा जडान गरिएको ब्याटरी ब्याकअप एक दिनमै डाउन हुने समस्या थियो। तर अहिले नयाँ ब्याटरी ब्याकअप जडान गरिएकाले ८४ घण्टासम्म सेवा निरन्तर रहने अनुमान गरिएको छ।
पहिला सेपे धुरीको ब्याकअप डाउन हुँदा कोल, पेल्मा, तकसेरा, जाङ लगायतका टावरमा पनि सञ्जाल अवरुद्ध हुने गरेको थियो। अहिले भने सुधारपछि ती क्षेत्रमा पनि सेवा सुचारु भएको छ।
यसअघि सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका धेरै स्थानहरूमा सञ्चारमा समस्या देखिएको थियो। अहिले भने अधिकांश स्थानमा सञ्चार सेवा सहज रूपमा सञ्चालनमा आएको र अब फेरि अवरुद्ध नहुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया