रोल्पा —केही दिनदेखि सम्पर्कविहीन रहँदै आएका थबाङ गाउँपालिकाका सात जना कर्मचारी हिजो रातिदेखि सकुशल रूपमा सम्पर्कमा आएका छन्।
उनीहरू कामका लागि रुकुम पूर्व तर्फ गएका थिए। मोबाइल सञ्जाल नहुँदा कार्यालय र परिवारसँगको सम्पर्क टुटेको थियो, जसले सबैलाई चिन्तित बनाएको थियो।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार हिजो राति प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुराकानी भएको थियो। उहाँले सबै जना ठीक रहेको र गाउँतिर फर्किरहेको जानकारी दिनुभयो। “बिहान फेरि कुरा गर्दा पनि उस्तै भन्नुभयो ।
सम्पर्कविहीन भनिएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन तह ५ का हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, कर्मचारी निशा आचार्य, खा.पा.स.टे शिवकुमार वली, र सवारी चालक प्रदीप केसी हुनुहुन्छ।
थबाङ गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पर्कविहीन भएको जानकारी दिएको थियो। अहिले सबै कर्मचारीहरू सकुशल रूपमा सम्पर्कमा आइसकेका छन् र थबाङ जाँदै गरेको खबर आएको हो ।








प्रतिक्रिया