राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्।
न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा संविधानको धारा १२९ को उपधारा (२) अनुसार नियुक्ति गरिएको उल्लेख छ।
नयाँ नियुक्तिपछि सर्वोच्च अदालतमा न्याय सम्पादनको कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया