सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा रास्वपाले हस्ताक्षर अभियान थालेको छ। असार महिनामा पार्टी स्थापनाको अवसर पारेर सुरु गरिएको उक्त अभियानमा अदालतको आदेशलाई राजनीतिक प्रतिशोधका रूपमा चित्रण गरिएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कलाकार विपिन कार्की, नेपालगञ्ज उपमहानगरका उपमेयर अमरुद्धिन रायलगायत धेरै व्यक्तिहरूको हस्ताक्षर परेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले हस्ताक्षर अभियानले अदालतलाई प्रभावित पार्ने उद्देश्य नरहेको दाबी गरे। तर, अधिवक्ता ओमप्रकाश अर्यालले विचाराधीन मुद्दामा यस्ता अभियानले न्यायपालिकामाथि दबाब सिर्जना गर्ने बताए।
वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले नागरिकलाई असन्तुष्टि जनाउने अधिकार भए पनि अदालत स्वतन्त्र रहेको र फैसला हस्ताक्षर संख्याबाट प्रभावित नहुने स्पष्ट पारे।








प्रतिक्रिया