नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् सुरु भएलगत्तै गालीगलौज र अशोभनीय व्यवहार दोहोरिन थालेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले केही सांसदहरूबाट ‘चोर’, ‘फटाहा’, ‘मानव बेचुवा’ जस्ता अपमानजनक शब्द प्रयोग भइरहेको उल्लेख गर्दै यसले संसदीय गरिमा गुमाउँदै लगेको बताए। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको व्यवहारप्रति उनको संकेत थियो।
‘संसद्भित्र दिनहुँ यस्तो व्यवहार दोहोरिन थाल्यो भने काँग्रेस चुप लागेर बस्दैन,’ उनले चेतावनी दिए।
भिजिट भिसा प्रकरणमा समिति बनिसकेको भन्दै उनले अब संसद्लाई मर्यादित बनाउनु जरुरी भएको बताए।








प्रतिक्रिया