काठमाडौं — पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या १,९०५ पुगेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, पाँच प्रदेशमा नयाँ संक्रमण देखिएको छ।
सबैभन्दा बढी बागमती प्रदेशमा २७ जना, लुम्बिनी र कोशीमा समान ७–७ जना, गण्डकीमा ३ जना र मधेश प्रदेशमा २ जनामा डेंगु देखिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार पानी जम्ने ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले वर्षायाममा जोखिम झनै बढ्ने गर्दछ। संक्रमित संख्या दिनप्रतिदिन उकालो लागिरहेकाले सावधानी र रोकथाममा सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ।














प्रतिक्रिया