रसुवा —आज बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको छ। भोटेकोशी नदीको उफ्रँदो पानीले नेपाल–चीन जोड्ने मितेरी (Friendship) पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण सीमापारी सम्पर्क विच्छेद भएको जनाइएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो—बाढीमा परी हालसम्म १५ जना बेपत्ता छन्। बेपत्ता हुनेहरूमा ३ जना प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना चालक रहेको बताए।
बाढीले मितेरी पुलसँगै रसुवागढी–टिमुरे भन्सार क्षेत्रमा राखिएका सयौँ इभी (IV) गाडीहरू पनि बगाएको आशंका गरिएको छ । साथसाथै, स्याफ्रुबेसी तर्फ जाने सडकखण्ड तथा नजिकैका जलविद्युत आयोजनाहरुमा पनि व्यापक क्षति पुगेको छ।
रसुवा, नुवाकोट र धादिङ जिल्लाका प्रशासन कार्यालयहरुले त्रिशुली नदी आसपास बस्ने सबैलाई अति सतर्क हुन आग्रह गरेका छन्। उच्चभेगमा भइरहेको भारी वर्षाले नदीको बहाव एक्कासी बढ्न सक्ने सम्भावना रहेको हुँदा, सावधानी अपनाउन अनुरोध गरिएको छ।














प्रतिक्रिया