रुकुम पश्चिम – शान्त देखिने चौरजहारी नगरपालिका–३ टाटागाउँ सोमबार राति एक दर्दनाक घटनाको साक्षी बन्यो। आफ्नै घरभित्र एक महिलाको ज्यान गयो—हत्या त्यो पनि पतिका हातबाट, खुकुरीको धारले।
प्रहरीका अनुसार ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया पत्नी देविका बुढाथोकीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरे। घटना रातिको समयमा भएको बताइए पनि घटनाको वास्तविक कारण भने अझै अन्धकारमै छ।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको टोली घटनास्थल पुग्दा चन्द्रबहादुर खुकुरीसहित थिए। उनलाई तत्काल नियन्त्रणमा लिइयो। अब थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रमेश बिष्टको नेतृत्वमा विशेष टोली परिचालित भएको छ।
घरेलु हिंसाका यस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै जाँदा, समाजमा महिला सुरक्षा र पारिवारिक सम्बन्धको गम्भीर प्रश्न उठ्न थालेको छ। प्रहरी अनुसन्धानपछि मात्र घटनाको पृष्ठभूमि प्रष्टिनेछ, तर एउटा ज्यान गएको यथार्थले पूरै गाउँ स्तब्ध छ।














प्रतिक्रिया