रुकुम पूर्व । मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तर्गत बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्ना सडक खण्डमा भारी वर्षा र हिमपातका कारण करिब २ फिट उचाइसम्म हिउँ जम्दा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मंगलबार रातिदेखि निरन्तर हिमपात र वर्षा भइरहेको छ । सो क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध रहेकाले सम्पर्कमा समस्या उत्पन्न भएको छ । सडक सुचारु गर्ने विषयमा सम्बन्धित गाउँपालिकासँग समन्वय गरिएको छ । मौसम अनुकूल भई वर्षा रोकिएपछि अवरोध हटाउने कार्य सुरु गरिने भएको छ ।
यसै क्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारको पहलमा सुरक्षा निकायसँग समन्वय गरी जेसिवी मेसिन पातिहाल्ना तर्फ परिचालन गरिएको छ ।
हाल उक्त सडक खण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



































प्रतिक्रिया