समाचार

प्रहरीको पहलमा चुनबाङ सडक सञ्चालनमा



रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनबाङ गैरिगाउँ बजारदेखि घोराहीतर्फ जोडिने सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको यातायात प्रहरीको पहलमा मंगलबार पुनः सञ्चालनमा आएको छ ।

प्रहरी निरीक्षक मोहन कुमार खड्काको नेतृत्वमा १० सदस्यीय टोली खटिएर सडकमा खसेका ढुंगा–माटो हटाएपछि आवतजावत सहज भएको इलाका प्रहरी कार्यालय चुनबाङले जनाएको छ ।

महत्वपूर्ण मार्ग सञ्चालनमा आएपछि स्थानीयवासी र यात्रुहरूले राहत पाएको अनुभव गरेका छन् ।

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार, ,