समाचार

अखिल क्रान्तिकारीद्वारा रुक्मिणी मावि इकाई सम्मेलन सम्पन्न



रुकुमपूर्व । अखिल (क्रान्तिकारी) रुकुमपूर्वद्वारा रुक्मिणी माध्यमिक विद्यालयको मावि मूल इकाई समिति गठन गरिएको छ । सोमबार दिपेन्द्र बस्यालको अध्यक्षतामा ४१ सदस्यीय मावि मूल इकाई समिति सर्वसम्मत रूपमा गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा पिपलराज मल्ल, अनिष बि.क. र सपना पुन, सचिवमा जीवन बुढा मगर, सहसचिवमा अञ्जना बि.क. तथा कोषाध्यक्षमा फेरम बुढालाई सर्वसम्मत चयन गरिएको अखिल (क्रान्तिकारी) रुकुमपूर्वका सचिव अम्मर खत्रीले जानकारी दिए ।

मावि मूल इकाई समिति गठन कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष चन्द्र रसाईली, सचिव अम्मर खत्री र जिल्ला सदस्य अच्युत सुनारको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार, ,