रुकुम पूर्व — आइतबार अवरुद्ध भएको शहीद मार्ग सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। एक ठाउँको सडक सञ्चालनमा आए पनि अर्को ठाउँको सडकखण्ड सुचारु हुन सकेको छैन।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, पुथाउत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा र वडा नम्बर १२ कोलबीचको करिब ४ किलोमिटर दूरीमा सडक अवरुद्ध भएको हो। तल्लो सेरातर्फको सडक खण्ड भने सञ्चालनमा आइसकेको छ।
तर, कोलतर्फको सडक खण्ड अझै खुल्न सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख वीरबहादुर थापाका अनुसार, कोल क्षेत्रमा नयाँ ट्र्याक निर्माण गर्नु पर्ने भएकाले कम्तीमा ३–४ दिन लाग्नेछ।
सडक खुलाउन पुथाउत्तरगंगा गाउँपालिका–१० का वडाध्यक्ष कुमार सिँ र वडा नम्बर १२ का वडाध्यक्ष दिलमान पुनको समन्वयमा स्काभेटर परिचालन गरी पहिरो हटाएर सेरातर्फको सडक सञ्चालनमा ल्याइएको हो। तर, कोलतर्फको सडक कहिले सञ्चालनमा आउँछ भन्ने यकिन जानकारी भने छैन।








प्रतिक्रिया