काठमाडौं । एलन मस्कको न्युरोटेक कम्पनी न्युरालिंकले जन्मैदेखि दृष्टिविहीनहरूलाई देख्न सक्ने बनाउने महत्वाकांक्षी प्रविधि ‘ब्लाइन्डसाइट’ सार्वजनिक गरेको छ। यसले आँखाबाट होइन, सिधै मस्तिष्कको भिजुअल कोर्टेक्समा चिप प्रत्यारोपण गरेर दृश्य संकेत पठाउनेछ।
मस्कका अनुसार यो प्रविधिले क्षतिग्रस्त आँखा र अप्टिक स्नायुलाई बाइपास गरेर बाहिरी क्यामेराबाट प्राप्त दृश्यलाई मस्तिष्कमा डाटा झैं प्रवाह गर्नेछ। उनले २०२५ को अन्त्यतिर पहिलो मानव परीक्षण गर्ने बताएका छन्।
‘ब्लाइन्डसाइट’लाई अमेरिकी एफडिएले ‘ब्रेकथ्रु डिभाइस’ मान्यता दिइसकेको छ।
यसअघि मस्कको ‘टेलेप्याथी’ इम्प्लान्टले पक्षघात भएका एक व्यक्तिलाई दिमागकै भरमा कम्प्युटर चलाउने क्षमतासम्म पुर्याएको थियो। पार्किन्सन बिरामीका लागि बनाइएको डीप ब्रेन स्टिमुलेसन प्रविधिले पनि उत्साहजनक परिणाम दिएको छ।
तर, वाशिङ्टन विश्वविद्यालयकी मनोविज्ञानी आयोन फाइनले “दृष्टि सिर्जना गरेर मस्तिष्कमा पुर्याउनु अत्यन्त जटिल विषय हो” भन्दै ब्लाइन्डसाइटबारे शंका व्यक्त गरेकी छन्।














प्रतिक्रिया