रुकुम पूर्व । संघ, प्रदेश र स्थानीय तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ रुकुम पूर्वले ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी उक्त निर्णय तथा परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गरिएको छ ।
यस अघि २०८२ चैत २३ गते नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष उक्त निर्णय फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तर समस्या समाधानमा सरकार उदासीन देखिएपछि केन्द्रको सर्कुलरअनुसार रुकुम पूर्व शाखाले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमार्फत सम्माननीय प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको जनाएको छ ।
महासंघले विभेदकारी निर्णय तत्काल फिर्ता लिन, निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई समान अवसर सुनिश्चित गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग जोडदार माग गरेको छ । साथै, माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिएको छ ।















प्रतिक्रिया