रुकुमपूर्व । जिल्ला समन्वय समिति रुकुमपूर्वको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु भएको छ । कार्यक्रम सिस्ने गाउँपालिका – ६, मल्ल होटेल छिप्रिदह रुकुमकोटमा वैशाख ३ र ४ गते सञ्चालन भइरहेको छ ।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनको उपस्थिति रहेको थियो । भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठ (हिमाल) , प्रमुख जिल्ला अधिकारी सीता परियार ,सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा स्वागत मन्तव्य जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसीले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले गरेका थिए ।
पहिलो दिन कुल १८ वटा कार्यालयहरूले आफ्नो अर्धवार्षिक प्रगतिको प्रस्तुतीकरण गरेका छन् । बाँकी ८ वटा कार्यालयको प्रस्तुतीकरण भोलि हुने जानकारी प्राप्त भएको छ ।
कार्यक्रममार्फत जिल्लास्थित विभिन्न कार्यालयहरूको कार्यसम्पादन, उपलब्धि, चुनौती तथा आगामी योजना बारे समीक्षा गरिने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया