रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले निर्वाचन प्रहरीको सम्पूर्ण परीक्षा सम्पन्न गरी तालिममा केद्रित गरेको छ । आइतवार देखि नेपाल प्रहरीका ४ सय ९२ जना र सशस्त्र प्रहरीका ८९ जनालाई तालिममा केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकले जानकारी दिए ।
उनका अनुसार तालिम आइतवार देखि १० दिन सम्म संञ्चाल हुनेछ । जम्मा ५ सय ८१ जना छनोद गरिएको निर्वाचन प्रहरीलाई आवश्यक तालिम दिइदै छ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारको प्रमुख आतिथ्यतामा तालिम शुभारम्भ गरिएको थियो । भने प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवको विशेष आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया