रुकुमपूर्व पुथाउत्तरङ्गा गाउँपालिकामा २ दिने सरल खोज तथा उद्धार सम्बन्धी तालिम दिइएको छ । बिहिबार र शुक्रबार गाउँपालिकाको केन्द्र तकसेरामा दुई दिने सरल खोज तथा उद्धार सम्बन्धी तालिम दिइएको हो ।
नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व तथा युएमएनसँगको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास (सिड-२) परियोजना र सशस्त्र प्रहरी बल नेपाल रुकुमपूर्वको आयोजनामा गाउँपालिकाको सहकार्य एवम् जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको थियो ।
तालिममा १४ वटै वडाका प्रत्येक वडाबाट २/२ जना सहभागी गराइएको सिड परियोजनाका संयोजक उत्तम बिकले बताउनुभयो । सहभागीलाई विपद व्यवस्थापन सम्बन्धी तालिम दिइएको बिकले बताउनुभयो ।
विपद व्यवस्थापन सम्बन्धी तालिम महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । संस्था र सरकारको सहकार्यमा नागरिकको सुरक्षाका लागि काम गरिराखेको परियारले बताउनुभयो ।
तालिमबाट प्राप्त भएको ज्ञान समस्या आइपर्दा व्यवहारमा लागू गर्नु पर्ने सशस्त्र प्रहरी बलका डीएसपी संगित भट्टले बताउनुभयो । विपद जतिसुकै समयमा पनि आउने भएकोले विपद सम्बन्धी तालिम हरेक व्यक्तिले लिनु पर्ने आवश्यक रहेको भट्टले जानकारी दिनुभयो ।
नागरिक सुरक्षा सम्बन्धी मिक नेपालले विभिन्न कार्यक्रम गर्दै आएको मिक नेपालका सचिव जयमान बुढामगरले बताउनुभयो । विपद व्यवस्थापनको पूर्वतयारी, विपद न्यूनीकरण सम्बन्धी तालिम र खोज र उद्धारका लागि विभिन्न सामग्री समेत मिकले सहयोग गर्दै आएको सचिव बुढामगरले बताउनुभयो ।
मिक नेपालका सचिव जयमान बुढामगरको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सीता परियारको रहेको थियो। भने विशेष अतिथिमा सशस्त्र प्रहरीका डीएसपी संगित भट्ट र पुथाउत्तरङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकको रहेको थियो । अन्य अतिथिमा विभिन्न व्यक्तिहरूको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले गर्नु भएको थियो ।









प्रतिक्रिया