संयुक्त उत्पीडित जातीय मोर्चा नेपालको आयोजनामा बुधबार काठमाडौंको सामाखुसीमा राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा मोर्चाका संयोजक उपेन्द्रलाल कामीद्वारा प्रस्तुत “उत्पीडित जातिको सवालमा एकता र सहकार्यको आवश्यकता” विषयक अवधारणा पत्रमाथि व्यापक छलफल गरिएको थियो । उक्त अवधारणा पत्रमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री डा. केशवमान शाक्य, पूर्व मन्त्री तथा नेकपाका नेताहरू गणेशमान पुन, दलजित सिर्पाली, जीतमान पुन ‘मार्शल’, डा. मित्र परियार, पूर्व सांसद विशेन्द्र पासवान, नेशनल रिपब्लिक पार्टीका केन्द्रीय महासचिव प्रेमछिरिङ शेर्पा, मानवतावादी पार्टीका केन्द्रीय अध्यक्ष मेघबहादुर कामी, नेपाली काँग्रेसका युवा नेता ध्रुवकुमार पुन लगायतका विशिष्ट व्यक्तित्वहरूले टिप्पणीसहित धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता शाहसहित पत्रकार, महिला नेतृ, दलित नेता, शिल्पी अध्येता तथा विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मोर्चाका प्रवक्ता राम टमटाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य मोर्चाका सहसंयोजक प्रेम कश्यपले दिनुभएको थियो भने आयोजकका तर्फबाट हरि बी. पुन र कृष्ण बोगटीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा मोर्चाका संयोजक उपेन्द्रलाल कामीद्वारा लिखित “प्रवासी नेपालीहरूको स्वाभिमानी जीवन यात्रा” नामक पुस्तकको पूर्व मन्त्रीहरूले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।
कार्यक्रमलाई ऐतिहासिक, युगान्तकारी र अर्थपूर्ण बनाउन सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति मोर्चाका संयोजकको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।











प्रतिक्रिया