रुकुम (पूर्वी भाग) । जिल्ला प्रहरी कार्यालय, रुकुम (पूर्वी भाग) ले अदालतको फैसला कार्यान्वयनका क्रममा ८ बर्षदेखी
फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा संलग्न भई जिल्ला अदालत रुकुमबाट सजाय तोकिएपछि फरार भएका पुथा उत्तरगंगा गाउँपालिका–१३, ओखमा बस्ने वर्ष २८ का सुनिल बुढालाई प्रहरीले पक्राउ गरेको हो । अदालतको मिति २०७५ जेठ ७ गतेको फैसलाअनुसार जन्मकैद सजाय हुने ठहर भई उनी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खोजतलास तथा समन्वय गर्दै मिति २०८२ पुस ६ गते प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतको मिति २०८१ मंसिर २४ गतेको आदेशअनुसार बाँकी रहेको ९ वर्ष ७ महिना १३ दिनको कैद सजाय भुक्तान गर्न उनलाई कारागार पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई लगत नम्बर ४ रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहेको जनाएको छ ।
७ पुस २०८२, सोमबार, ,


































प्रतिक्रिया