रुकुमपूर्व — घरेलु तथा साना उद्योग कार्यालय रुकुम (पूर्व) ले २०८२/०८३ को वार्षिक कार्यक्रमअनुसार कुल ३० जना बेरोजगार युवालाई लक्षित गरी निःशुल्क उद्यमशीलता तालिम सञ्चालन गर्न आवेदन खुला गरेको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक युवाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तालिमका लागि आवश्यक कागजातमा नेपाली नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको एक प्रति फोटो समावेश गर्नुपर्नेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिकले मात्र आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।
निवेदन फाराम कार्यालयको वेबसाइट www.csirukumeast.lumbini.gov.np मार्फत डाउनलोड गर्न सकिनेछ । तालिम अवधिभर सहभागीहरूका लागि खानाको व्यवस्था रहने कार्यालयले जनाएको छ । तालिम सिस्ने गाउँपालिका, रुकुमकोट, रुकुमपूर्वमा सञ्चालन हुनेछ ।
थप जानकारीका लागि कार्यालयका फोन नम्बर ०८८–४१३११३ वा ९८६८१२९१०९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।















प्रतिक्रिया