समाचार

खोपिचारमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किए



रूकुम पूर्व । रूकुम पूर्वको सिस्ने गाउँपालिका–५, खोपिचारमा अटो र मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् ।

बुधबार साँझ करिब ४ बजे लुम्बिनी प्रदेश ०२–००१ ह ०४२१ नम्बरको अटो र रा.४ प.५२६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मुसिकोट नगरपालिका–८, घोर्खानीका २१ वर्षीय अटो चालक रामबहादुर ओलीको दाहिने आँखामा सामान्य चोट लागेको छ । सोही स्थानकी ४१ वर्षीया लक्ष्मी बुढाको बायाँ आँखामा सामान्य चोट लागेको र तीन वटा टाँका लगाइएको छ । उनकी ११ वर्षीया छोरी सपना बुढाको ओठमा सामान्य चोट देखिएको छ ।

त्यसैगरी, २२ वर्षीय मोटरसाइकल चालक मनिष बुढाको टाउको, मुख, छाती र दाहिने खुट्टाको बुढी औँलामा चोट लागेको प्रहरीले जनाएको छ ।

सबै घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई जिल्ला अस्पताल रुकुमपूर्वबाट डिस्चार्ज गरिएको छ ।

प्रकाशित : २९ आश्विन २०८२, बुधबार, ,