रूकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले दशैं, तिहार र छठ पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारलगायत स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरूले चाडपर्वले सद्भाव र एकता बढाउने उल्लेख गर्दै अनुशासित वातावरणमा मनाउन आग्रह गरेका छन् ।
कार्यक्रमको अन्त्यमा प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले सबैलाई धन्यवाद दिँदै पर्वलाई शान्ति र उल्लासका साथ मनाउन आह्वान गरेका छन् ।











































प्रतिक्रिया