समाचार

फोर्स गाडी दुर्घटना : ३ जनाको मृत्यु, २ गम्भीर घाइते



रूकुम पश्चिम । रूकुम पश्चिम बाफिकोट गाउँपालिका हुँदै दाङतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको सीमा नजिक कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् ।

५ जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ ।

गाडी सडकदेखि करिब ३००/४०० मिटर तल खसेको छ । घाइते हुनेमा १ महिला १ पुरूष रहेका छन ।

प्रकाशित : १२ आश्विन २०८२, आइतबार, ,