काठमाडौँ : गृहमन्त्री रमेश लेखकले राजीनामा दिने मनस्थिति बनाएका छन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु हुनुका साथै ३ सयभन्दा बढी व्यक्ति घाइते भएपछि गृहमन्त्री लेखकले राजीनामा दिने तयारी गरेका हुन्।
कांग्रेस पदाधिकारीको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवा मौन बसेका थिए ।
तर गृहमन्त्री लेखकले राजीनामा दिने निर्णयबारे जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका एक नेताले बताएका छन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नरोकेको खण्डमा उनले राजीनामा दिने सम्भावना रहेको बुझिएको छ ।








प्रतिक्रिया