समाचार

प्रेस सेन्टर भूमे गाउँ समितिको बैठक सम्पन्न



रुकुमपूर्वमा प्रेस सेन्टर नेपाल भूमे गाउँ समितिको पहिलो बैठक बुधबार भूमे गाउँपालिकाको सभा हल, खाबाङ बगरमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणसँगै पत्रकारिता तालिममा सक्रिय सहभागिता जनाउने र उत्पीडित वर्गको पक्षमा पत्रकारितामार्फत सशक्त वकालत गर्ने निर्णय गरेको छ । साथै रिक्त सदस्य पदमा झरना बुढामगरलाई मनोनयन गरिएको छ ।

बैठक प्रेस सेन्टर नेपाल भूमे गाउँ समितिका अध्यक्ष कमल विकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ रहनुभएको थियो भने विशेष अतिथि माओवादी केन्द्र भूमे गाउँ समितिका उपाध्यक्ष कमल बुढामगर हुनुहुन्थ्यो ।

त्यसैगरी, कार्यक्रममा प्रदेश सदस्य बालाराम शेर्पाली, जिल्ला अध्यक्ष जयमान बुढामगर, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष चन्द्र रसाइलीलगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य कोषाध्यक्ष कुसुम रोकाले राख्नुभएको कार्यक्रम सचिव सुन्दर बुढामगरले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार, ,