समाचार

१२ जिल्लाका सीडीओको सरुवा, रुकुमपूर्वमा सीता परियार



काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार बुधबार गरिएको सरुवाअन्तर्गत रुकुमपूर्वको प्रमुख जिल्ला अधिकारीमा उपसचिव सीता परियार आउन लाग्नुभएको हो ।

स्रोतका अनुसार सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा सहित १२ जिल्लामा कार्यरत उपसचिव प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरी उनीहरूलाई गृह मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदस्थापन गरिएको छ ।

रुकुमपूर्वमा हालसम्म उपसचिव प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रुद्रप्रसाद न्यौपानेलाई सरुवा गरिएको छ ।

प्रकाशित : ४ भाद्र २०८२, बुधबार, ,