समाचार

अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै रुकुमका ओपेन्द्रको मृत्यु



अमेरिकाको टेक्सास राज्यको अस्टिनमा सवारी दुर्घटनामा परेर रुकुमका ओपेन्द्र बोहराको मृत्यु भएको छ।
रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–३ का २० वर्षीय ओपेन्द्रलाई शनिबार राति करिब १० बजे बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि आइतबार बिहान ८ बजे ज्यान गयो।

वडाध्यक्ष लिलबीर केसीका अनुसार, ओपेन्द्रले दुई दिनअघि मात्रै अमेरिकाको ग्रीन कार्ड पाएका थिए, तर त्यसको दोस्रो दिनमै दुर्घटना भयो।

नेपालमा उनले मोटरसाइकल मिस्त्रीको रूपमा काम गर्थे। उनका तीन बहिनीमध्ये कान्छीको पाँच वर्षअघि निधन भइसकेको छ भने दुई दिदीहरू विवाह गरेर छुट्टिइसकेका छन्। अहिले घरमा वृद्ध बुबाआमा मात्र बस्दै आएका छन्। उनका दाजु पनि अमेरिका मै छन्।

सोमबार वडाध्यक्ष केसीले ओपेन्द्रको परिवारलाई भेटेर सान्त्वना दिएका थिए।

प्रकाशित : १३ श्रावण २०८२, सोमबार, ,