बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको आदेश नमानको कारण ६ महिनाको जेल सजाय सुनाइएको छ। सन् २०२४ को अगस्टमा देशमा विद्यार्थी आन्दोलन चर्किएपछि ७७ वर्षीया हसिना भारत गएकी थिइन्। त्यसपछि अदालतले उनलाई बङ्गलादेश फर्कन भनेको थियो, तर उनले नफर्की आदेश उल्लंघन गरिन्।
अभियोजन पक्षका अनुसार हसिनाले दिएको बयानले अदालतमा भइरहेको मुद्दामा असर पारेको छ। उनले बोलेका कुराले साक्षीहरू डराएको अभियोग लगाइएको छ। यही मुद्दामा अवामी लिगका अर्का नेता शकिल अकाण्डा बुलबुललाई पनि २ महिनाको जेल सजाय दिइएको छ।
संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार हसिनाको सरकार चलिरहँदा प्रदर्शन रोक्न खोज्दा १,४०० जनाको ज्यान गएको थियो। त्यस घटनासँग सम्बन्धित अर्को मुद्दामा हसिनामाथि हिंसाको नेतृत्व गरेको आरोप पनि लगाइएको छ। तर उनका वकिलहरू भन्छन्—हसिनामाथि लगाइएका सबै आरोप गलत छन् र यो राजनीतिक बदला हो।
यो फैसला हसिनाको राजनीतिक जीवनमा ठूलो मोडको रूपमा हेरिएको छ।














प्रतिक्रिया