समाचार

फेरि फर्कियो कोरोना!



सावधानी नअपनाए पुन: महामारीको रूप लिन सक्ने चेतावनी

कोरोना गएको थिएन, हामीले मात्र बिर्सियौं।

देशका ३१ जिल्लामा फेरि कोभिड–१९ देखिन थालेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले २०८१ पुसदेखि २०८२ असारसम्म २४९ जनामा संक्रमण पुष्टि भएको देखाउँछ। पछिल्लो सात दिनमै ३५ जना संक्रमित भेटिए। पछिल्लो २४ घण्टामै तीन नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट एक जनाको मृत्यु पनि भइसकेको छ।

हामी फेरि त्यही गल्ती दोहोर्याउँदैछौं?

भीडभाडमा बिना मास्क हिंड्ने, सरसफाइमा बेवास्ता गर्ने र सिमानामा निगरानी कम गर्ने — यिनै कारणले कोरोना फेरि फर्किएको स्वास्थ्य विज्ञहरूको चेतावनी छ।

सीमा नाकामा सतर्कता, तर के हामी घरभित्र सुरक्षित छौं?
देशभरका १७ नाकामा हेल्थ डेस्क राखिएको छ र आरडिटी परीक्षण भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, “हामीले निगरानी त बढाएका छौं, तर जनस्तरमै सावधानी नअपनाए यसले फेरि ठूलो रुप लिन सक्छ।”

अबको उपाय – सतर्कता, सजगता र सामाजिक जिम्मेवारी
सरकारले सुझाव दिएको छ —

मास्क अनिवार्य लगाऔं

हात साबुनपानी वा स्यानिटाइजरले नियमित सफा गरौं

लक्षण देखिएमा आइसोलेसनमा बसौं

संक्रमित क्षेत्रबाट फर्किएपछि क्वारिन्टाइन अपनाऔं

किनभने… हाम्रो लापरवाहीले अरूको जीवन जोखिममा पर्न सक्छ।

प्रकाशित : २० असार २०८२, शुक्रबार, ,