बालाराम शेर्पाली; रुकुमपूर्व — भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ। खाबाङबगरस्थित गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकाले घरदैलोमै पुगेर नागरिकका गुनासा सुन्ने प्रक्रिया टुंग्याएको जानकारी दिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगर, सबै नौ वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत देविलाल बिक, शाखा प्रमुखहरू, शिक्षक,…