रोल्पा, – थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तिमगर सहित सात जना कर्मचारी असार २३ गतेदेखि सम्पर्कविहीन भएका छन्।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २३ गते राति करिब ९ बजे नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि कार्यालय प्रमुखसँग सम्पर्क हुन सकेको थिएन । सम्पर्क नभएपछि OTP कोड लिन रुकुम पूर्व गएका अधिकृत सहित सवारी चालक गरी सात जना कर्मचारी सम्पर्क विहिन भएको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्पर्कबिहीन कर्मचारीहरूमा सहायक प्रशासन पाँचौं हरीश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओलि र निशा आचार्य, खा.पा.स.टे. शिव कुमार वली र सवारी चालक प्रदीप के.सी. रहेका छन्।
गाउँपालिकाले असार २५ गतेसम्म पनि ती कर्मचारीहरू कार्यालयमा उपस्थित नभएको र मोबाइल अफ रहेका कारण नियमित सेवा प्रवाहमा अवरोध भएको जनाएको छ।
गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा खोजी कार्य अगाडि बढाइएको र आमजनसमुदायलाई जानकारीका लागि अनुरोध गरिएको छ।




































प्रतिक्रिया