समाज

शोकमा सिस्ने गाउँपालिका : एक दिन सबै कार्यालय बन्द हुने



रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कार्यालय सहायक कोईली शाहीको असामयिक निधनप्रति शोक वक्तव्य जारी गर्दै आइतबार सबै कार्यालय बन्द गरिएको छ।

२३ वर्षीया शाही शनिबार बिहान सिस्ने–५ स्थित अस्थायी बासस्थानमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन्। गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

शाहीको शव हाल सिस्ने–६ खोपिचारस्थित घरमा राखिएको छ भने अन्त्येष्टि प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जनाएका छन्। परिवार र आफन्तले मृत्यु रहस्यमय भएको भन्दै घटनाको छानबिन माग गरेका छन्। प्रहरीको अनुसार अनुसन्धान जारी छ।

प्रकाशित : २९ असार २०८२, आइतबार, ,