समाज

सिस्ने गाउँपालिकाको बर्खे अधिवेशन सम्पन्न



रुकुम पूर्वको सिस्ने गाउँपालिकाले बर्खे अधिवेशन १७औं गाउँसभा सम्पन्न गरेको छ। बुधबार गाउँपालिकाले उक्त अधिवेशन सम्पन्न गरेको हो।

गाउँपालिकाले अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाले आर्थिक वर्षका लागि करिब ६० करोड बढीको बजेट ल्याएको गाउँपालिका सचिवालयले जनाएको छ।

गाउँपालिकाले अधिवेशनबाट आर्थिक वर्षका लागि ६० करोड ३७ लाख २० हजार रुपैयाँ पारित गरेको छ। गत १० गते पालिकाका उपाध्यक्ष गोपाल रेउले ५९ करोड ७७ लाख १८ हजार ३१३ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। सोही बजेटमा केही थप गर्दै गाउँपालिकाले आज बजेट पारित गरेको हो।

आर्थिक वर्षको कुल बजेटमध्ये पूँजीगत तर्फ १८ करोड ९६ लाख ८३ हजार ३१२ रुपैयाँ (३१.७४ प्रतिशत) र चालू तर्फ ४० करोड ८० लाख ३५ हजार रुपैयाँ (६८.२६ प्रतिशत) विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा आन्तरिक राजस्वबाट १ करोड २९ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ७८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, सशर्त अनुदानबाट २१ करोड ७९ लाख, नेपाल सरकारको शसर्त अनुदान (LISP सहित) बाट ४ करोड ३७ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ।

विशेष अनुदानबाट १ करोड ६५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड ६७ लाख ५७ हजार ८१२ रुपैयाँ, र संघीय समपूरक अनुदानबाट २ करोड ७१ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको गाउँपालिका सचिवालयले जनाएको छ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७९ लाख ७३ हजार, सशर्त अनुदान १ करोड ३ लाख ८ हजार, समपूरक अनुदान ७५ लाख, राजस्व बाँडफाँटबाट ९४ लाख ९४ हजार, र विशेष अनुदानमार्फत २० लाख रुपैयाँ आउने प्रक्षेपण गरिएको छ।

साथै, आर्थिक वर्ष २०८२/०८३ को १ करोड ५० लाखभन्दा बढी रकम आगामी आर्थिक वर्षमा अ.ल्या. हुने अनुमान गरिएकोमा, त्यसमा अहिले थप गरेर २ करोड १० लाख अ.ल्या. हुने अनुमानसहित बजेट पारित गरिएको हो।

सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले गएको ५ गते गाउँसभामा प्रस्तुत गर्नुभएको थियो। सो नीति तथा कार्यक्रम गएको ७ गते नै सभाबाट सर्वसम्मत रूपमा पारित भइसकेको छ।

प्रकाशित : २५ असार २०८२, बुधबार, ,