स्थानीय सरकार

भूमे गाउँपालिकाद्वारा ५० करोड बढीको बजेट सार्वजनिक



रुकुम पूर्व,- भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कूल ५० करोड ८४ लाख ६४ हजार ५ सय ७६ रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष एबम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना वुढा मगरले उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये ६६.४१ प्रतिशत चालु खर्चका लागि र ३३.५९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

बजेटमा आधारभूत सेवा प्रवाह, स्थानीय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। चालु खर्चको हिस्सा बढी देखिए पनि सेवाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यसहित बजेट तयार पारिएको जनाइएको छ।

गाउँपालिकाले आगामी वर्षलाई समावेशी, पारदर्शी र दिगो विकासतर्फ उन्मुख बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित : ११ असार २०८२, बुधबार, ,