रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत रेव बहादुर बुढाथोकीका अनुसार सार्वजनिक सुनुवाई यही असार २७ गते, शुक्रबार दिउँसो १ बजे गाउँपालिकाको सभाहलमा सञ्चालन गरिनेछ।
सुनुवाई कार्यक्रममा गाउँपालिका, वडा तथा मातहतका विभिन्न कार्यालयहरूको सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयन लगायत विषयमा नागरिकहरूले आफ्ना सल्लाह, सुझाव तथा गुनासा राख्न सक्नेछन्। यस कार्यक्रमले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखेको छ।
गाउँपालिकाले कार्यक्रमलाई सफल बनाउन सरोकारवाला सबै नागरिक, पालिकावासी, सामाजिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि, उपभोक्ता समिति, महिला समूह, युवा, कृषक, उद्योगी, व्यापारी, तथा सेवा लाभग्राहीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो मूल्यवान् सुझाव र सक्रियता जनाउन अनुरोध गरेको छ।



































प्रतिक्रिया