स्थानीय सरकार

भूमे गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने



रुकुम पूर्व,– भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न विकास योजना र सेवा प्रवाहसम्बन्धी जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने भएको छ।

गाउँ कार्यपालिकाको कार्यालय खाबाङबगरमा यही असार ३० गते सोमबार बिहान ११:३० बजे कार्यक्रम आयोजना गरिने गाउँपालिकाले जनाएको छ।

सार्वजनिक सुनुवाई कार्यक्रममार्फत विकास योजना, सेवा प्रवाह र सुशासनको पक्षमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्य रहेको जनाइएको छ।

कार्यक्रममा वडा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार तथा सरोकारवाला संघसंस्थाहरूको सहभागिता अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत देविलाल विकले जानकारी दिनुभयो।

गाउँपालिकाले आम नागरिकलाई कार्यक्रममा गरिमामय सहभागिता जनाई आफ्ना सुझाव, प्रतिक्रिया र मूल्यांकन प्रस्तुत गर्न समेत आग्रह गरेको छ।

प्रकाशित : २६ असार २०८२, बिहिबार, ,